काठमाडौं। फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट खेल अन्तर्गत ब्राजिलले चिलेलाई १-० गोलले पराजित गरेको छ।
चिलेमा शुक्रवार विहान सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल खेलेका थिए। तर खेलको ६४औं मिनेटमा ब्राजिलका फरवार्ड एभरटन रीबेरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।
घरेलु टोली चिलेले खेलमा बराबरी गोल गर्न नसक्दा ब्राजिलले संघर्षपूर्ण जित दर्ता गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया