काठमाडौं। फिफा विश्वकप २०२२ को युईएफए छनोट अन्तर्गत समूह ‘सी’को खेलमा युरो कप विजेता इटालीले बुल्गेरियासँग १-१ गोलको बराबरी खेलेको छ।
पहिलो हाफको १६औं मिनेटमा इटालीले अग्रता लिएको थियो। फरवार्ड फेडेरीको किएसाको गोल मार्फत घरेलु टोली इटालीले खेलमा अग्रता लिएको थियो।
तर पहिलो हाफको ४०औं मिनेटमा बुल्गेरियाले बराबरी गोल फर्कायो। पाहुना टोलीका लागि अटानस लेभले बराबरी गोल गरेका थिए।
दोस्रो हाफमा दुवै टोली खेलमा निर्णायक गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया