काठमाडौं। टोकियो पारालिम्पिक २०२० अन्तरगत पारा तेक्वान्दो खेलमा नेपालकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छिन्।
शुक्रवार विहान सम्पन्न के-४४ स्पर्धाको ५८ केजी तौल समूहमा पलेशा ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग २१-८ अंकले पराजित भएकी हुन्। के-४४ स्पर्धा अन्तर्गत शुक्रवार नै सुरु भएको प्रतियोगितामा पलेशाले सोझै प्रि-क्वार्टर फाइनल खेलमा प्रतिस्पर्धा गरेकी थिइन्।
पलेशालाई पराजित गरेकी मुनरोले अब क्वार्टर फाइनलमा टर्कीकी गाम्जे गर्डलसँग प्रतिस्पर्धा गर्ने छिन्। यस स्पर्धाको फाइनल खेल पनि आज शुक्रवार नै खेलिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया