काठमाडौं। टोकियो पारालिम्पिक २०२० अन्तर्गत महिला पारा तेक्वान्दोको रिपिचेज स्पर्धामा नेपालकी पलेशा गोवर्धनले जित निकालेकी छिन्।
रिपिचेजको कवार्टर फाइनल खेलमा पलेशाले अमेरिकी खेलाडी ब्रायना सालिनारालाई १०-० को सोझो सेटमा पराजित गरेकी छिन्। पलेशाले के-४४ अन्तर्गत ५८ केजी मुनिको रिपिचेज चरणमा सालिनारालाई पराजित गरेकी हुन्।
यस जितसँगै पलेशाको काश्य पदक जित्ने सम्भावना जिवित रहेको छ। शुक्रवार विहान सम्पन्न प्रि-कवार्टर फाइनल खेलमा पलेशाले ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजय भोगेर रिपिचेज चरणमा प्रवेश गरेकी थिइन्।
सोही कारण पलेशाको स्वर्ण पदक जित्ने सम्भावना बाँकि नभए पनि रिपिचेजमार्फत काश्य पदक जित्ने मौका भने अझै जीवितै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया