क्यान्सरपीडित भन्दै पैसा उठाएर मोजमस्ती गर्ने युवती जेल चलान

सिड्नी, २९ चैत । आफू क्यान्सरपीडित भएको भन्दै आफन्त र शुभचिन्तकसँग चन्दा उठाएर मोजमस्तीमा खर्च गरेको आरोपमा एक युवतीलाई तीन महिनाको जेल सजाय भएको छ ।अस्ट्रेलियाकी २४ वर्षीय हना डिकन्सनले आफ्नो आमाबुवालाई आफू क्यान्सर पीडित भएको भन्दै उपचारका लागि विदेश जानुपर्ने भन्दै पैसा उठाएकी थिइन् ।अदालतले हनाकै भनाई मानेर उनका बाबुले आफ्ना निकटकासँग आर्थिक सहयोग लिएका थिए ।यसरी संकलन गरिएको रकमको ठूलो हिस्सा हनाले घुमफिर र मोजमस्तीमा खर्च गरेको पाइएपछि उनलाई गिरफ्तार गरी कारबाही गरिएको हो ।मेलबर्नस्थित एक अदालतले हनाको व्यवहारबाट मानवीयता र मानिसको विश्वासमाथि घात भएको ठहर गर्दै जेल सजाय सुनाएको हो ।आर्थिक सहयोग गरेका एक व्यक्तिले हनाको फेसबुकमा पोस्ट भएका केही तस्वीर देखेपछि उनलाई क्यान्सर नभएको र चन्दा उठाइएको पैसाको दुरुपयोग भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?