काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत पुरुषतर्फको खेलमा स्पेनका कार्लोस अल्काराजद्वारा ग्रीसका स्टेफानोस ट्सिसिपास पराजित भएका छन्।
शनिवार विहान सम्पन्न तेस्रो चरणको खेलमा १८ वर्षीय कार्लोसले विश्व नम्बर ३ ट्सिसिपाससँग निकै प्रतिस्पर्धात्मक खेल खेलेका थिए। उनले यसै वर्षको फ्रेन्च ओपन उप-विजेता ट्सिसिपासलाई खेलमा ६-३, ४-६, ७-६ ७/२, ०-६ र ७-६ ७/५ को सेटमा पराजित गरेका हुन्।
आर्थुर आशे स्टेडियममा भएको खेलमा कार्लोसले पहिलो सेटमा सजिलो जित निकाल्दा दोस्रो सेटमा पराजय भोगेका थिए। त्यस्तै तेस्रो सेटमा टाई-ब्रेकरमार्फत जित निकालेका कार्लोसले चौथो सेटमा लजास्पद हार बेहोर्न पुगे।
चौथो सेटमा ट्सिसिपासले कार्लोसलाई बेगलमै पराजित परेका थिए। चार सेटसम्म खेल २-२ को बराबरीमा पुग्दा पाँचौं तथा अन्तिम सेटमा भने कार्लोसले टाई-ब्रेकरमार्फत जित निकाले।
यस जोटसँगै कार्लोस यूएस ओपनको चौथो चरणमा प्रवेश गरेका छन्। उता ट्सिसिपासको ग्रान्ड स्लाम उपाधि सपना पुनः एकपटक अधुरो नै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया