प्रदेश २ मा थप तीन सांसदले रोजे लोसपा

लोकपथ
210
Shares

जनकपुरधाम। जनता समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

आइतवार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन् । योसँगै जसपाका ५५ सासद मध्ये १५ जनाले लोसपा रोजेका छन् ।

लोसपातर्फ खुलेका निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले अझै सनाखत गरेका छैन । उनले सनाखतको म्याद सकिने अन्तिम दिन सनाखत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?