अर्मेनियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

काठमाडौं। जारी फिफा विश्वकप २०२२ को युईएफए क्षेत्र अन्तर्गत छनोट चरणको खेलमा जर्मनीले अर्मेनियालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

जर्मनीको घरेलु मैदानमा खेलिएको समूह ‘जे’को खेलमा घरेलु टोलीले सुरुवाती ६ मिनेटमै अग्रता लिएको थियो। जर्मनीका फरवार्ड सर्ज ग्नाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

Match Awards for Germany's 6-0 win over Armenia - Bavarian Football Works

त्यसपछि खेलको १५औं मिनेटमा ग्नाब्रीले व्यक्तिगत दोस्रो गोल गरे। पहिलो हाफको ३५औं मिनेटमा जर्मनीको अग्रता तेब्बर भयो। यस पटक जर्मनीका भेट्रान खेलाडी मार्को रुइसले गोल गर्न सफल भएका थिए।

पहिलो हाफको खेलको अन्तिम मिनेटमा जर्मनीले चौथो गोल गर्यो। रुइसको पासमा चेल्सीका स्ट्राइकर टीमो वर्नरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा ४० गोलको अग्रता दिलाउन सफल भए।

Germany 6-0 Armenia: Flick's men run riot as Gnabry nets brace, Werner  scores - Ghana Latest Football News, Live Scores, Results - GHANAsoccernet

दोस्रो हाफमा जर्मनीले अर्को दुई गोल थप्यो। खेलको ५२औं मिनेटमा जोनस होफम्यानले गोल गरेका थिए। खेलको अधिकांश समय बलमा कब्जा जनाएको जर्मनीले खेलको इन्जुरी समयमा छैटौं गोल थप्यो। करिम एडेयेमीले ९० मिनेटमा गरेको गोल राष्ट्रिय टोलीका लागि उनको पहिलो गोल रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?