बाबुआमाको मृत्यु भएको ४ वर्षपछि चीनमा बच्चाको यसरी भयो जन्म

बीबीसी, २९ चैत । चिनियाँ मिडियाको रिपोर्ट अनुसार चीनमा आफ्नो अभिभावकको कार दुर्घटनामा मृत्यु भएको चार वर्ष पछि तीनको बच्चा जन्मिएको छ । बच्चाको जन्म सरोगेट आमाको सहयोगबाट भएको हो ।सन् २०१३ मा मृत्यु भएको यो जोडीले मर्नुअघि टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए ।दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर तिनको अभिभावकले लामो न्यायिक लडाई लड्नु प¥यो ।बच्चा डिसेम्बर २०१७ मा एक सरोगेट आमाबाट जन्मिएको हो ।यो हप्ता बेइजिङ्ग न्युजले पहिलो पटक यो समाचार बाहिर ल्याएको हो । यो विषयमा पहिले कुनै कानुन नभएकाले मृत जोडीका अभिभावकहरुले सरोगेसीमा जानको लागि लामो न्यायिक लडाई लड्नु परेको समाचारपत्रले जनाएको छ ।दुर्घटनाको समयमा भ्रुण नान्जिङ्ग अस्पतालमा सुरक्षित गरिसकिएको थियो । यसलाई माइनस १९६ डिग्रीको तरल नाइट्रोजन ट्याङ्कमा राखिएको थियो ।अदालती लडाईपछि मात्र जोडीका दुवै अभिभावक(केटा र केटी दुवैको )ले निषेचित भएको भ्रुणमाथि अधिकार पाएको थियो ।तर यो अधिकारसँगै अर्को समस्या आयो । यो भ्रुणलाई अर्को हस्पिटलले भण्डार गर्ने हो भने मात्र नान्जिङ्ग हस्पिटलले भ्रुण दिन राजि भयो ।तर प्रत्यारोपण नगरिएको भ्रुणको सम्बन्धमा रहेको कानुनी अस्पष्टताले गर्दा भु्रण राख्न तयार अर्को चिकित्सक सस्थान भेटिएन ।चीनमा सरोगेसी गैरकानुनी रहेको छ । त्यसैले यसको व्यवहारीक समाधानको लागि देशभन्दा बाहिर जाने विकल्प खोज्न थालियो ।अन्तत ती जोडीका अभिभावकले सरोगेसी एजेन्सीमा यसबारेमा बुझे र लाओस जाने निर्णय गरे जहाँ व्यावसायिक सरोगेसी मान्यता प्राप्त छ ।यसमा फेरी अर्को समस्या आईप¥यो । कुनै वायुसेवाले पनि थर्मस आकारको तरल नाइट्रोजनको बोतल आफ्नो प्लेनमा राख्न तयार भएनन् । यसका लागि सामाग्रीलाई कारबाट लाओस पु¥याइयो ।लाओसमा भ्रुणलाई एक सरोगेट आमाको पाठेघरमा राखियो र डिसेम्बर २०१७ मा छोरा जन्मियो ।‘टियान्टीन’ नाम दिइएको बच्चा गर्भमा रहदा नै बच्चाको नागरिकता के हुन्छ भन्ने अर्को प्रश्न उठ्यो । यसको समाधानको लागि बच्चालाई चीनमै जन्माइएको थियो । यसका लागि सरोगेट आमा साधारण पर्यटन भिसामा चीन भ्रमणमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?