अबको शिक्षा वैज्ञानिक र जीवनोपयोगी : अध्यक्ष प्रचण्ड

चितवन, २९ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको शिक्षा वैज्ञानिक र जीवनोपयोगी हुने बताएका छन । गृहजिल्ला चितवन स्थित आफ्नो वार्ड पटिहानीमा रहेको आधारभूत विद्यालय, सुन्दरबस्तीको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले जीवनोपयोगी शिक्षा अव सबैको शिक्षा हुने बताए । ‘विगतको बेरोजगार उत्पादन गर्ने, प्रमाण–पत्र धारी जनशक्ति मात्र उत्पादन गर्ने, अव्यवहारिक शिक्षा नीति नेपालको विकासको बाधक रह्यो’, उनले भने ‘अव बेरोजगारी समस्याको समाधान गर्न वैज्ञानिक, व्यावहारिक र उत्पादनमुखी शिक्षा नीति चाहिने भएकाले हामी त्यो शिक्षा नीति ल्याउनका लागि लागेका छौँ ।’ विद्यालय शिक्षा सुधार कार्यक्रमलाई प्रभावकारी बनाइने भन्दै अध्यक्ष प्रचण्डले भने – ‘सामुदायिक विद्यालयहरू कमजोर हुँदै जाने, विद्यार्थी र अभिभावकको रोजाइमा नपर्ने, निजी विद्यालयतर्फ आकर्षित हुने परिपाटीको अन्त्य गर्दै अब सामुदायिक विद्यालयहरूलाई विद्यार्थी र अभिभावकको रोजाइमा पार्नु पर्छ ।’ अध्यक्ष प्रचण्डले स्वर्ण विद्यालयको स्मारकको अनावरण समेत गर्नुभएको थियो । उनले आफू यसै वडाको बासिन्दा र यसै क्षेत्रको जनप्रतिनिधि हुनुको नाताले यस क्षेत्रको विकास गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?