‘संगीत स्टार २०१८’ हुने, नाच्न र गाउन जान्नेलाई अवसर

काठमाडौं, २९ चैत – गायन तथा नृत्य विधामा भविष्य खोजेका तर राम्रो अवसर पाउन नसकेका प्रतिभालाई स्थान दिने उद्देश्यले ‘संगीत स्टार २०१८’ हुने भएको छ । उक्त कार्यक्रमलाई संगीत फिल्मसले आयोजना गर्न लागेको हो ।कार्यक्रमका निर्देशक समेत रहेका संगीत बस्यालले लुकेर रहेका प्रतिभालाई स्थान दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । पूर्वी नेपालका प्रतिभालाई समेट्ने उद्देश्यले विराटनगर, चितवन, हेटौंडा लगायतका स्थानमा पहिलो चरको अडिसन भइसकेको आयोजकले जानकारी गराएको छ । त्यस्तै दोस्रो संस्करणमा पोखरा, बुटवल, बनेपा, धनगढी, सिन्धुली, भैरहवा र काठमाडौंमा अडिसन हुनेछ ।अडिसन हुने स्थान र मिति सामाजिक सञ्जाल फेसबूक तथा अफिसियल वेबसाइटमार्फत जानकारी गराइनेछ ।अडिसनमा ४ वर्षदेखि ६५ वर्ष उमेर समूहका सबैले भाग लिन पाउनेछन् भने पहिलो चरणमा छनोट भएका प्रतियोगीलाई काठमाडौं ल्याइनेछ । काठमाडौंका लागि चयन भएका प्रतियोगीलाई ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण समेत गराइनेछ । फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जजको मूल्याङंकनका आधारमा विजेता छानिने आयोजकले बताएको छ ।साथै शो टिभीबाट समेत प्रस्तुत हुनेछ भने नृत्य र गायन दुवै विधाका विजेता छानिनेछ । विजेताले दुई लाख नगदसहित स्कुटर र ८ लाख बराबरको कन्ट्रयाकसहित युकेमा हुने सांगीतिक कार्यक्रममा उपस्थित हुने अवसर पाउनेछन् ।साथै कार्यक्रममा गाइएका गीतका स्रष्टालाई रोयल्टी समेत दिने व्यवस्था गरिएको निर्देशक संगीत बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?