जब बाबुले दाइजो पठाएको सुटकेसमै छोरीको शव भेटे

भारतको इन्दिरापुरम क्षेत्रस्थित कनावली केएक नालामा प्रहरीले सुटकेशमा बन्द गरेको फ्याकिएको अवस्थामा एक महिलाको शब भेटको छ । दाईजोको निहुँमा साथीसँग मिलेर पति शिवम्ले पत्नी मालाको हत्या गरेको इन्दिरापुरमका प्रहरी अधिकारी धमेन्द्र चौहानले बताए ।मृतक २४ वर्षीय माला शनिबारदेखि हराएकी थिइन् र मंगलबार सुटकेसमा कोचेर फालिएको अवस्थामा नालीमा मृत भेटिएकी थिइन् ।धम्रेन्द्रका अनुसार मालाको घाँटी रेटिएको र हातखुट्टा बाँधेर सुटकेसमा कोचेको पाइएको थियो ।जुन सुटकेसमा मालाको शव भेटियो त्यही सुटकेशमा मालाका बाबुले दाइजो दिएका थिए । यद्यपी कम दाइजो दिएको भन्दै मालालाई पतिले यातना दिँदै आएको समाचारमा जनाइएको छ ।सन् २०१६ मा फेसबुकमार्फत चिनापर्ची भएका उनीहरुबीच केहि पछि विवाह भएको बताइएको छ ।परिवारका अनुसार माला ५ महिनाकी गर्भवती समेत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?