काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत पुरुष विधातर्फ क्वार्टर फाइनलको समीकरण पूरा भएको छ।
अन्तिम १६ को खेलमा विश्व नम्बर १ नोभाक जोकोभिचले अमेरिकाका बेन्सन ब्रुक्सबीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्। त्यसैगरी विश्व नम्बर २ ड्यानियल मेडभेडेभ तथा विश्व नम्बर ४ एलेक्जेन्डर जेभेरेभले पनि क्वार्टर फाइनलमा स्थान पाएका छन्।
त्यस्तै विश्व नम्बर ६ म्याटियो बेरेटिन्नी, विश्व नम्बर १२ अगर आलियासिमे, क्वालिफायरका भ्यान डे जान्डस्कल्प, स्पेनिश युवा खेलाडी कार्लोस अल्काराज र दक्षिण अफ्रिकाका लोइड ह्यारिसले पनि अन्तिम आठमा स्थान पक्का गरेका छन्।
क्वार्टर फाइनल समीकरण
मेडभेडेभ (२) भर्सेज जान्ड स्कल्प
जोकोभिच (१) भर्सेज बेरेटिन्नी (६)
ह्यारिस भर्सेज जेभेरेभ (४)
आलियासिमे (१२) भर्सेज अल्कारज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया