सेयर बजारमा बुधबार पनि भारी गिरावट, किन घट्दैछ बजार ?

लोकपथ
938
Shares

काठमाडौं । साताको पहिलो दिन १ सय ८ दशमलब २६ अंकले घटेको बजारमा सोमबार ‘बाउन्स व्याक’ आएको थियो । सोमबार मात्र १ सय ६१ दशमलब ९४ अंकले बढेको बजारमा मंगलबार भने पुनः करेक्सन देखिएको थियो ।

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलब ०२ अंकले घटेर २८ सय ७६ दशमलब ५९ अंकमा पुगेको छ ।

यता सेन्सेटिभ परिसूचक ११ दशमलब ९१अंकले घटेर ५ सय ३६ दशमलब ५१ बिन्दुमा पुगेको छ । आज कुल २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर खरिदबिक्री गर्दा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । हिजोको तुलनामा आज बुधबार कारोबार रकममा पनि गिरावट आएको छ ।

बुधबार कुल १३ उपसमूहमा भएका सबै उपसमूहको सेयरमूल्य आरालो लागेको छ ।

बुधवार बजारमा सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्किट लागेको छ । भने जीवन विकासको सेयर मूल्य आरालो लागेको छ ।
सेयर बजारमा आज सर्वाधिक कारोबार मोदी हाइड्रोपावर लिमिटेडले ४० करोडबराबरको गरेको छ । त्यस्तै आज सबैभन्दा धेरै सेयर मूल्य गुमाउनेमा एलआइसी नेपाल रहेको छ । जसले ६ दशमलब ६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

किन घट्दैछ बजार ?

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?