काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । स्वरोजगारको मंगलबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । यता, कम्पनीले जनकपुर लघुवित्तलाई एक्वायर गरेकाले बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जानकारी दिएको छ ।
सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ५१ करोड ४० लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया