काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौंवाले बुधवार प्रतिनिधि सभाको बैठकमा रोष्टममा उक्लिने प्रयास गरेकी छिन् ।
एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्न गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै उनीमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरिरहेका बेला सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेकी हुन् ।
प्रतिनिधि सभाको पहिलो र दोस्रो बैठक अवरोध गरेको एमालेले गृहमन्त्री बालकृष्ण खाँण राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न रोष्टममा जाँदै गर्दा गृहमन्त्रीलाई रोक्न सांसद चौधरी रोष्टममा उक्लिन खोजेको थिइन् । तर चौधरीलाई मर्यादा पालकले रोकेका थिए ।
त्यसक्रममा सांसद चौधरी र मर्यादा पालकबीच धकेला धकेल समेत भएको थियो । तर गृहमन्त्री खाँणले एमालेको अवरोधकाबीच अध्यादेश टेबुल गरे । त्यसपछि प्रतिनिधि सभा बैठक शुक्रबार बस्नेगरि स्थगित भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया