टी-ट्वान्टी विश्वकपको लागि भारतीय टोलीको घोषणा, धोनी बने मेन्टर

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ को लागि भारतले बलियो टोलीको घोषणा गरेको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले विराट कोहलीको कप्तानी मा १५ सदस्सीय टोलीको घोषणा गरेको छ। बुधवार बीसीसीआईले कप्तान कोहलीसँगै उप-कप्तान रोहित शर्मा, केएल राहुल तथा सूर्यकुमार यादवलाई टोलीमा समावेश गरेको छ।

त्यस्तै विकेट किपरमा ऋषभ पन्त र ईशान किशनलाई समावेश गरिएको छ। अलराउन्डरतर्फ हार्दिक पान्ड्या, रविन्द्र जडेजा तथा अक्सर पटेल टोलीमा परेका छन्। तिब्र बलिङमा जस्प्रित बुम्राहसँगै मोहम्मद शमी र भुवनेश्वर कुमार टोलीमा पर्न सफल भएका छन् भने स्पिन बलिङमा राहुल चेहेर, रविचन्द्रन अश्विन तथा वरुण चक्रवर्तीले स्थान पाएका छन्।

सेतो बल क्रिकेटमा रविचन्द्रन अश्विनले लामो समय पछि पुनरागमनको मौका पाएका छन् भने केही ठूला नाम टोलीमा अटाएका छैनन्। भारतका ओपनर शिखर धवन, स्पिनर युजवेन्द्र चेहेल तथा तिब्र गतिका बलर मोहम्मद सिराज टोलीमा सामेल हुन असफल भएका छन्।

BCCI announces Team India's squad for T20 World Cup | NewsBytes

भारतले ब्याट्सम्यान श्रेयश आएर तथा तिब्र गतिका बलर शरदुल ठाकुर र दिपक चेहेरलाई स्ट्यान्डबाई खेलाडीका रूपमा टोलीमा समावेश गरेको छ। भारतले टी-ट्वान्टी विश्वकपका लागि भनेर पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई मेन्टरका रूपमा टोलीमा सम्वेश गरेको छ।

भारतीय टोलीसँग सन् २००७ मा टी-ट्वान्टी विश्वकप उपाधि उचालेका धोनीले भारतीय खेलाडीलाई युएईको कठिन पिचमा ठूलो सहयोग प्रदान गर्ने बीसीसीआईले बताएको छ। टी-ट्वान्टी विश्वकप आगामी अक्टोबर १७ देखि सुरु हुँदैछ।

Mahendra Singh Dhoni Makes Sensational Return As India Announce Squad For T20 World Cup

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?