दक्षिण अमेरिकी खेलाडीलाई लागेको प्रतिबन्ध हट्यो

काठमाडौं। भर्खरै सम्पन्न फिफा विश्वकप २०२२ छनोट खेलमा सहभागी नभएका दक्षिण अमेरिकी खेलाडीलाई क्लब फुटबलमा लगाइएको प्रतिबन्ध हटेको छ।

ब्राजिल, मेक्सिको, चिले तथा पाराग्वेका खेलाडीलाई आ-आफ्नो क्लबले राष्ट्रिय टोलीमा सम्मिलित हुन अनुमति दिएका थिएनन्। कोभिड-१९ को क्वारेन्टाइन कारण देखाएर केही इंग्लिश क्लबले आ-आफ्नो खेलाडीलाई राष्ट्रिय टोलीमा सम्मिलित हुन नदिएका हुन्।

Premier League bosses in the dark over players as club v country row simmers - France 24

ब्राजिल लगायतका केही देश बेलायतको कोभिड-१९ सूचीमा रातो क्षेत्रमा सामेल भएको कारण कम्तीमा पनि १० दिन क्वारेन्टाइन अनिवार्य गरिएको छ। सोही कारण खेलाडीले क्लबका महत्वपूर्ण खेल गुमाउने भएकोले उनीहरूलाई राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको थिएन।

ब्राजिल फुटबल एसोसिएसनले फिफालाई राष्ट्रिय टोलीमा सम्मिलित नभएका खेलाडीलाई प्रतिबन्ध लगाउन आग्रह गरेको थियो। फिफाले पनि सो कुरामा मन्जुरी दिएको थियो।

Premier League Will Not Release Players for World Cup Qualifiers - The New  York Times

तर शुक्रवार राति भएको पछिल्लो बैठकले खेलाडीलाई आ-आफ्नो क्लबबाट खेल्न अनुमति प्रदान गरेको छ। सम्पूर्ण पक्षको फाइदा हेर्दै फिफाले खेलाडीलाई क्लबबाट खेल्ने अनुमति दिएको हो।

अनुमति प्राप्त गर्ने खेलाडी

लिभरपुल: एलिसन बेकर, फाबिन्हो र रोबर्टो फर्मिन्हो
म्यान्चेस्टर सिटी: ग्याब्रियल जिसस र एडरसन
म्यान्चेस्टर युनाइटेड: फ्रेड
चेल्सी: थियागो सिल्भा
लिड्स युनाइटेड: राफिन्हा
न्युक्यासल युनाइटेड: मिगेल अल्मिरोन
वुल्भ्स: राउल जिमेनेज
वाटफर्ड: फ्रान्सिस्को सिएरालट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?