यूएस ओपन २०२१: जोकोभिचद्वारा जेभेरेभ पराजित, फाइनलमा मेडभेडेभसँग भिड्ने

काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगल विधातर्फ विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर २ ड्यानियल मेडभेडेभ फाइनल प्रवेश गरेका छन्।

न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा शनिवार खेलिएको सेमी फाइनल खेलमा जोकोभिचले टोकियो ओलम्पिकका स्वर्ण पदक विजेता एलेक्जेन्डर जेभेरेभलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। यस वर्ष आफ्नो चौथौ ग्रान्ड स्ल्याम उपाधि उचाल्ने दाउमा रेहका जोकोभिचले निकै नै प्रतिस्पर्धात्मक खेलमा जेभेरेभलाई ४-६, ६-२, ६-४, ४-६ र ६-२ को सेटमा पराजित गरेका थिए।

US Open 2021: Novak Djokovic shifts up a gear and shrugs off heckler in disposing of Tallon Griekspoor - Eurosport

त्यस्तै सोही स्टेडियममा खेलिएको अर्को सेमी फाइनल खेलमा रसियाका मेडभेडेभले विश्व नम्बर १२ अगर आलियासिमेलाई ६-४, ७-५ र ६-२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। खेलमा मेडभेडेभले कुल १२ एस प्राप्त गरेका थिए।

यूएस ओपनको १४१औं संस्करणको फाइनलमा अब मेडभेडेभ र जोकोभिच आमने सामने हुनेछन्। क्यालेन्डर ग्रान्ड स्लाम उपाधि उचाल्ने दाउमा रहेका जोकोभिच र मेडभेडेभबीचको खेल सोमवार खेलिने तालिका रहेको छ।

US Open 2021 - Daniil Medvedev downs Felix Auger-Aliassime to reach New York final in style - Eurosport

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?