एस्टन भिल्लामाथि चेल्सीको सहज जित

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार राती भएको खेलमा बलियो टोली चेल्सीले एस्टन भिल्लालाई ३-० गोलले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्न सफल भएका थिए। खेलको १५औं मिनेटमा नै मिडफिल्डर कोभाचिचको उत्कृष्ट पासमा लुकाकुले शानदार गोल गर्दा चेल्सीले अग्रता लिन सफल भएको थियो।

Chelsea 3-0 Aston Villa: Lukaku ends home hoodoo in Chelsea landmark win

पहिलो हाफमा एक गोलको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अर्को दुई गोल थप्यो। कोभाचिचले खेलको ४९औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए।

त्यसपछि खेलको इन्जुरी समयमा चेल्सीले अर्को गोल थप्यो। लुकाकुले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले भिल्लामाथि सहज जित दर्ता गरेको हो।

Lukaku marks Chelsea homecoming with 2 goals in 3-0 win | Loop Caribbean  News

यस जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलमा १० अंकसहित चेल्सी शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?