एजेन्सी । महिलाको उमेर ढल्किँदै जान्छ, सन्तान हुने सम्भावना पनि घट्दै जान्छ ।मुलुकमा दुई तिहाइ महिलाहरुलाई आफ्नो करिअर बनाउनैपर्ने हुन्छ । करिअर, अध्ययन आदिका कारण ढिलो सन्तान जन्माउने योजनामा रहेका महिलालाई विज्ञहरुले उर्वरता जोगाउने विषयमा केही टिप्स दिएका छन् ।ब्रिटिस प्रिग्नेन्सी एडभाइजरी सर्भिसको एक अध्ययनअनुसार महिलाको उर्वरतासम्बन्धी एक तिहाइ समस्या यौनजन्य समस्याबाट हुने गरेको छ ।महिलाको यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । यस्तो यौनजन्य संक्रमणको समयमै उपचार गरिएन भने यसले महिलाको अण्डालाई पाठेघरसम्म पु¥याउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमानसँग मात्र शारीरिक सम्पर्क गर्दा पनि यौनजन्य रोग लाग्ने भएकाले महिलालाई कुनै शंका लाग्नासाथ आफ्नो परीक्षण गराउनुुपर्छ । नियमित परीक्षण गरेमा समस्या थप जटिल हुने सम्भावना न्यून हुन्छ ।त्यस्तै विश्वमा १३ प्रतिशत महिलाहरु धुम्रपानकै कारणले निशन्तान हुने र साबिकभन्दा १० वर्षभन्दा बढी उमेरको देखिने हुन्छ ।धुम्रपान नगर्नेको तुलनामा गर्ने महिलामा ३० प्रतिशत बढी निसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई तीन वर्षभन्दा बढी समय लाग्छ ।धुम्रपान गर्ने महिलाको अण्डा उत्पादनमा नकारात्मक असर पार्छ जसले गर्दा महिलाको अण्डा निष्कासन गर्न बाधा पुर्याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ ।महिलाले आफ्नो शरीरको फ्याटलाई सदैव सन्तुलित राख्नुपर्छ । धेरै बढी पनि होइन र कम पनि होइन ।कम तौल र न्यून तौल दुवै समस्याले महिलामा बाँझोपनको समस्या निम्त्याउँछ । परिष्कृत वा परिमार्जित खाना र ज्यादा चिनी सम्भव भएसम्म नखानुहोस् ।मोटा महिलाको सेक्स हर्मोन दबिने हुँदा उर्वरतामा समस्या आउँन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अण्डा निष्कासन प्रक्रियामा असर पुग्छ ।त्यसैले मोटा महिलाहरुले खानामा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खाने गर्नुपर्छ ।मदिरा तथा धुम्रपान गर्ने बानि छ भने तत्कालै त्याग्नुपर्छ । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया