नेपालको सुरुवाती ११ सार्वजनिक, सबिता र मन्जलीको स्थानमा अनिता र रश्मी

काठमाडौं। बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।

नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो खेलबाट टोलीमा दुई परिवर्तन गरेका छन्। पहिलो खेलमा डेब्यू गर्दै गोल गर्न सफल सबिता रानाको स्थानमा उनले अनुभवी अनिता बस्नेतलाई सुरुवाती ११ मा सामेल गरेका छन्।

May be an image of 1 person, playing a sport and text that says "गयय WOMEN'S INTERNATIONAL FRIENDLY 2021 NEPAL vS BANGLADESH SEPT 12, DASHARAȚH STADIUM line-up 16 Anjila Tumbapo Subba (GK) 2 Puja Rana 12 Gita Rana 5 Amrita Jaisi 6 Hira Kumari Bhujel 8 Saru Limbu 14 Preeti Rai 7 Renuka Nagarkote (C) 11 Anita Basnet 10 Rashmi Ghising 17 Bimala Chaudhary Subs: 20 Anjana R Magar (GK), Usha Nath (GK), 15 Anita KC, 4 Bimala BK, 19 Dipa Rai, 13 Indira Rai, 18 Manjali Yonjan, 21 Nisha Thokar, 23 Rajani Thokar, Sabita Rana, 22 Srijana Singh HEAD COACH GARY PHILLIPS"

त्यस्तै मन्जली योञ्जनको स्थानमा रश्मी घिसिङ मैदानमा देखिने छिन्। नेपाल र बंगलादेशबीचको दोस्रो खेल अहिले साँझ ५ बजेदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरु हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?