काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप क्रिकेट लिग-२ गुमाउने भएका छन्।
राष्ट्रिय टोलीसँग ओमानमा रहेका ऐरीले अभ्यासको क्रममा दायाँ खुट्टामा चोट बोक्दा उनले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनी दुई महिना मैदान बाहिर रहने जानकारी दिएको छ।
विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले भोलि (सोमवार) अमेरिकाविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। नेपाल र अमेरिकाबीचको खेल ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा साँझ ४:१५ बजे सुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया