जलाटानको गोलमा लाजियोमाथि मिलानको जित

लोकपथ संवाददाता
35
Shares
AC Milan v SS Lazio – Serie A Zlatan Ibrahimovic of AC Milan celebrates with his teammates after scoring a goal during the Serie A football match between AC Milan and SS Lazio. Milan Italy Copyright: xNicolxCampox

काठमाडौं। इटालियन सिरी-ए अन्तर्गत गत सिजनको उप-विजेता एसी मिलानले लाजियोलाई २-० गोलले पराजित गरेको छ।

मिलानको घरेलु मैदान सान सिरोमा आईतवार राति खेलिएको खेलमा घरेलु टोलीले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो। मिलानका लागि स्ट्राइकर राफेल लियोले गोल गर्दै अग्रता दिलाएका थिए।

Zlatan Ibrahimovic scores on return as AC Milan see off Lazio - Eurosport

दोस्रो हाफमा मिलानले अग्रता दोब्बर बनायो। घरेलु टोलीका लागि स्टार स्ट्राइकर जलाटान इब्राहिमोभिचले खेलको ६७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा मिलानले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो। यस जितसँगै तीन खेलमा ९ अंकसहित मिलानले शीर्ष स्थानमा रोमा र नापोलीसँग अंक बराबरी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?