काठमाडौं, १ बैशाख– आईपीएल क्रिकेटको शनिबारको खेलमा दिल्ली डेयरडेभिल्सले जित हासिल गरेको छ ।मुुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले जित हासिल गरेको हो । यो दिल्लीको पहिलो जित हो ।मुम्बईले दिएको १९५ रनको लक्ष्य दिल्लीले ३ विकेट खर्चिँदै अन्तिम बलमा भेट्टायो ।दिल्लीको जितमा जन्सोन रोय नायक बने । उनले ९१ रन बनाए । यस्तै रिसव पन्त ४७, श्रीयस लायरले २७ रन, गौतम गम्भीरले १५ र गेलनाले १३ रन बनाए ।यसअघि, उत्कृष्ट शुरुवात गरेको मुम्बईले त्यसलाई निरन्तरता दिन नसक्दा ७ विकेटको क्षतिमा १९४ रनमा समेटिएको थियो ।मुम्बईको लागि एविन लुइसले ४८ रन बनाए भने सूर्यकुमार यादवले ५३ रन बनाए ।त्यसपछि आएका इसान किशन ४४ रन बनाउँदै आउट भएपछि मुम्बईको पारी धर्मरायो ।हारपछि साबिक विजेता मुम्बईले तीन खेलमा एउटा पनि जीत निकाल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया