कोलकत्ताको इडन गार्डेन मैदानमा हैदरावादको पहिलो जित

काठमाडौं, २ वैशाख । सनराइजर्स हैदरावादले कोलकत्ता नाइट राइडर्सको मैदानमा पहिलो जित दर्ता गर्दा कोलकत्ताका पूर्व खेलाडी सकिब अल हसनले अलराउन्ड प्रदर्शन गरेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारराति भएको खेलमा हैदरावादले कोलकत्तामाथि ५ विकेटको जित हात पारेको हो । योसँगै हैदरावादले लगातार तीन खेल जितको छ भने कोलकत्ताले दोस्रो हार भोगेको छ । टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको सामान्य स्कोर बनाएको थियो । जवाफमा हैदरावादले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टयो । कोलकाताविरुद्ध इडन गार्डेन खेल मैदानमा हैदरावादको पहिलो जितमा केन विलियमसनले धेरै ५० रनको योगदान गरे भने सकिब अल हसनले २७, ऋद्दिमान साहले २४ रनको योगदान गरे । कोलकाताका लागि सुनिल नारिनले २, कुलदिप यादव, पियुस चावला र मिचेल जोनसनले समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । हैदरावादका लागि भुवनेश्वर कुमारले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए । शाकिब अल हसन र बिलि स्टानलेकले ४–४ ओभरमा २१ रन खर्चिएर २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?