काठमाडौं, २ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको प्लेयर अफ द इयरका लागि ४ क्लबका ६ खेलाडी अन्तिम छनोटमा परेका छन् । छनोटमा पर्नेमा लिभरपुलका मोहम्मद सलाह र म्यान्चेस्टर सिटीका केभिन डी ब्रुयेन उपाधिको प्रमुख दावेदार हुन् । यसैगरी सिटीकै डेभिड सिल्भा र लेरोय साने तथा म्यान्चेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी जिया र टोटनह्यामका इंग्लिस स्ट्राइकर ह्यारी केन पनि ६ जनामा परेका छन् । आगामी अप्रिल २२ मा लण्डनमा हुने विशेष समारोहका बीच विजेताको घोषणा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया