काठमाडौं। कोरोना महामारीको कारण स्थगित भएको १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज (आईतवार)बाट पुनः सुचारु हुँदैछ।
गत अप्रिल ९ देखि मे २ सम्म भारतमा खेलिएको आईपीएल २९ वटा खेल पश्चात् अनिश्चितकालका लागि स्थगित गरिएको थियो। सो प्रतियोगिता आज, सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म युएईमा फेरि सुरु हुने भएको छ।
आईपीएलको ३०औं खेलमा आज दुई दावेदार टोली चेन्नई सुपर किंग्स र मुंबई इण्डियन्स प्रतिस्पर्धा गर्दै छन्। यी दुईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
१४औं संस्करणको आईपीएलमा अहिले दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दिल्लीको ८ खेलमा १२ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको चेन्नईको ७ खेलमा १० अंक रहेको छ।
त्यस्तै तेस्रो स्थानमा १० अंकसहित रोयल च्यालेन्जर्स बैंगलोर रहेको छ भने मुंबई इण्डियन्स ८ अंकसहित चौथो स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया