काठमाडौं, ३ बैशाख । यो सिजनको इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । आइतबारराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले १–० ले पराजित गरेपछि सिटीले ५ खेलअघि नै उपाधी जितेको हो । म्यान्चेस्टर युनाईटेड विरुद्ध वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले ७३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । लिगका ३३ खेलबाट म्यान्चेस्टर सिटीले ८७ अंक जोडेको छ भने समान खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १६ अंकले पछि छ । म्यान सिटीको यो उपाधि पछिल्लो सात सिजनमा तेस्रो लिग उपाधि हो भने क्लवका लागि अहिलेसम्मको पाँचौ उपाधि हो । सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले उपाधि जिताएका हुन् । पूर्व बार्सिलोना प्रशिक्षक ग्वार्डियोलाले म्यानचेस्टर सिटीको प्रशिक्षण समालेको दोस्रो वर्ष नैं टोलीलाई प्रिमियर लिग च्याम्पियन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया