डर्टमन्डद्वारा बर्लिन पराजित, हाल्यान्डको दुई गोल

काठमाडौं। जर्मन बुन्डेस लिगाअन्तर्गत गए राति भएको खेलमा बलियो टोली बोरुसिया डर्टमन्डले युनियन बर्लिनलाई ४-२ गोलले पराजित गरेको छ।

डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा खेलिएको खेलको सुरुवाती १०औं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो। डर्टमन्डका लागि लेफ्ट ब्याक राफाएल गुरेरोले गोल गरेका थिए।

Three Observations from Dortmund's 4-2 Victory over Union Berlin - Fear The  Wall

त्यसपछि पहिलो हाफको २४औं मिनेटमा डर्टमन्डले अग्रता दोब्बर बनायो। घरेलु टोलीका लागि स्टार स्ट्राइकर अरलिङ हाल्यान्डले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफमा दुई गोलले अगाडि रहेको डर्टमन्डले दोस्रो हाफको ५२औं मिनेटमा मार्भिन फ्रेडरिचको आत्मघाती गोलमार्फत अग्रता तेब्बर बनाएको थियो। तर खेलको ५७औं मिनेटमा बर्लिन खेलमा फर्कियो।

Erling Haaland brace lifts Borussia Dortmund past Union Berlin

बर्लिनका लागि माक्स क्रुजले पेनाल्टी मार्फत गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए। खेलको ८१औं मिनेटमा बर्लिनले दोस्रो गोल गर्न सफल भयो। यस पटक भने आन्द्रेस भोगलसाम्मरले बर्लिनका लागि दोस्रो गोल गरेका थिए। तर त्यसको दुई मिनेट पश्चात् घरेलु टोलीले चौथो गोल गर्न सफल भयो।

डर्टमन्डका लागि स्ट्राइकर हाल्यान्डले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमन्डले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?