काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारहरुको लाइनमा नभएको बताएका छन् ।
बुधबार (आज) पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छादारले सो कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा उपसभापति गच्छादारले भने–‘म नेपाली कांग्रेसको सभापतिको उम्मेदवार छैन । भविष्यमा पनि प्रतिस्पर्धा गर्दिनँ । मैले सभापतिको लागि निर्णय गरेको छैन ।’
आफू कांग्रेस बनाउन आएको बताउँदै आफ्नो कुनै गुट उपगुटमा नरहेको दाबी गरेका छन् । ‘कुनै नेता, गुट उपगुट वकालत गरेको छैन । नेपाली कांग्रेसमा बनाउन आएको हो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आदरणीय नेता हुनुहुन्छ, दुवै नेताको समर्थन जुटाउने प्रयासमा छु’, उपसभापति गच्छदारले भने ।
त्यस्तै आफूलाई राजनीतिक खिचातानीमा बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा फसाइएको बताए । उपसभापति गच्छादारले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई अनाहकमा फसाएको उनको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया