विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री ओली सिराहा जाँदै

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज सिराहा जाँदैछन् । विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री ओली बुधबार सिराहा जान लागेका हुन् । उनले सिराहाको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका बालबालिकाको अभिभाकत्व ग्रहण गर्ने छन् । कर्णालीबाट विद्यार्थी भर्ना अभियानको सुरुआत गर्दै प्रधानमन्त्रीले मुगुको कर्मारोङ गाउँपालिकाका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेका थिए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार प्रधानमन्त्री ओलीले डोम समुदायका दुई बालबालिकाहरुको अभिभाकत्व ग्रहण गर्नेछन् । साथै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, र प्रमुख जिल्ला अधिकारी र स्थानीय बालगृहले पनि अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम रहेको छ । हाल देशभर विद्यालय भर्ना अभियानलाई तीव्र पारिएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पश्चिम चितवनको मेघौली जाँदै छन् । उनले मेघौलीका अल्पसंख्यक बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?