काठमाडौं, ५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । आफनै घरेलु मैदान वाङ्खडे रंगशालामा गएराति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले हराएको हो । ८ टोली सहभागी आइपिएलमा मुम्बई, बैंग्लोर र दिल्लीले चार खेलमा एक एक वटा मात्र जित निकालेका छन् । टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९४ रन बनाए भने इभिन लेविसले ६५ रनको योगदान दिए । बैंगलोरका लागि उमेश यादव र कोरे एन्डरसनले समान २/२ विकेट लिए । जवाफमा २ सय १४ रनको लक्ष्य पछ्याएको बैंङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । टोलीका लागि कप्तान विराट कोहलीले अविजित ९२ रन जोडे पनि अन्य कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । बैंङ्लोरलाई लक्ष्यभन्दा सस्तैमा समेट्न मुम्बईका क्रुनाल पाण्डेले ३ तथा जसप्रित बुम्राह र मिचेल म्याक्लीनाघनले २/२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया