सिन्डिकेटविरुद्ध सरकार कडा, आन्दोलन गरे यातायात समितिको बैंक खाता रोक्का

काठमाडौं, ५ वैशाख । यातायात समितिहरुको सिन्डिकेटकाविरुद्ध सरकार झनै कडा रुपमा प्रस्तुत हुने भएको छ ।सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले आन्दोलन गर्ने यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ ।सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेपनि यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।तर सरकारले भने यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ ।यसका लागि प्रधानमन्त्री कार्यालय अन्तरगत ल्याएएको सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मा दिइने बताइएको छ ।देशभर जिल्ला प्रशासन कार्यालयहरुका दर्ता भएर व्यवसायिक रुपमा कारोबार गर्ने झण्डै साढे ३ सय यातायात समितिको विवरण यातायात व्यवस्था विभागले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ ।विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रक्रिया अघि बढाएको हो ।व्यवसायीले वैशाख २६ गतेबाट अनिश्चितकालनीन सार्वजनिक यातायात सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?