काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ पैसा, बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा, बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया