‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

लोकपथ
70
Shares

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै डिशहोमले ग्राहकहरुमा थप खुशीयाली र उत्साह थप्न ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन गरेको छ ।

असोज ११ गते सोमबारदेखि लागू भएको उक्त योजना अन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।

लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन् ।

यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रशारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।

विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरु लाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?