२१ वर्षपछि पर्दामा देखिँदैछ बलिउडको यो जोडी

मुम्बई – बलिउड अभिनेता सञ्जय दत्त र माधुरी दीक्षितको जोडी एक समय बलिउडको पर्दामा आइरहन्थ्यो । दुवैको फिल्मी माया र साथलाई लिएर खुबै चर्चा पनि हुने गर्थ्यो । अब यही जोडी २१ वर्षपछि पर्दामा देखिन लागेको छ । पछिल्लो समय बलिउडमा यी दुईको जोडी देखिने भनेर चर्चा भइरहेको थियो ।निर्माता करण जोहरले आफ्नो अघिल्लो फिल्म कलंकको औपचारिक घोषणा गर्दै फिल्ममा अभिनय गर्ने कलाकारको नाम पनि सार्वजनिक गरे । यो फिल्ममा माधुरी र सञ्जयसँगै वरुण र आलियाको जोडी फेरि पनि दर्शकले देख्न पाउनेछन् । त्यस्तै फिल्ममा सोनाक्षी सिंहा र आदित्य राय कपूरको जोडी पनि रहनेछ । खासगरी यो फिल्ममा तीन मल्टिस्टार जोडीको कहानी रहेको छ ।फिल्मको कहानी सन् १९४० को हुनेछ । यो फिल्मलाई करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गर्नेछ । त्यस्तै अभिषेक वर्मनले निर्देशन गर्नेछन् भने सन् २०१९ मा रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?