काठमाडौं – डेब्यु फिल्म 'ए मेरो हजुर २' बाट एकाएक चर्चामा आएका नायक सलिनमान बनियाले दोस्रो फिल्म 'यात्रा' अभिनय गर्ने भएका छन् । पुराना निर्माता केशव भट्टराई निर्माण गर्न लागेको फिल्मको सोमवार काठमाडौंमा एक कार्यक्रमको बीच फिल्म निर्माणको घोषणा गरियो । साथै उक्त कार्यक्रममा भट्टराईले निर्माण गर्न लागेको फिल्मको नाम 'यात्रा अ म्युजिकल भ्लग' राखिएको छ । यात्रालाई सम्राट शाक्यले निर्देशन गर्नेछन् ।
बैशाख २५ गतेबाट फोलोरमा जाने सिनेमामा सलिनका अलवा सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, मलिका महत, धिरेन शाक्य, राजाराम पौडेल, देशभक्त खनाल,जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका छ । कार्यक्रममा बोल्दै मुख्य अभिनेता सलिनमान बनियाँले आफूलाई फिल्मको कथा मन परेकाले अभिनय गर्न लागेको बताए । पहिलो चलचित्र 'ए मेरो हजुर २' मा भन्दा बढी मेहनत गरेर काम गर्ने समेत उनले बताए ।
यात्राको कथामा निर्माण हुने फिल्ममा केशव भट्राईका अलवा मुक्ति तिमिल्सिना, मधु क्षेत्री र धर्मरा अधिाकरीको लगानी रहने छ । निर्देशक शाक्य आफैले फिल्मको कथा लेखेका हुन भने फिल्ममा छायाँकन संजय लामा, कविराज गहतराज र प्रविण सिहंको कोरियोग्राफी, हिमाल केसीको एक्सन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविज बज्रको संगीत रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया