अमेरिकी राष्ट्रवादमाथि फ्रान्सको हमला

‘अमेरिका फस्ट’ अर्थात अमेरिकीहरुलाई नै पहिलो प्राथमिकता । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही नारा दिएर राष्ट्रपतीय निर्वाचन जिते । आप्रवासी र गैर अमेरिकी मुलका नागरिकलाई रोजगारीमा कडाई र देशनिकालासम्मको काम अमेरिकामा भईरहेको छ । 

तर, अमेरिकाकै मित्रशक्ति फ्रान्सले चाहिँ अमेरिकाको यस्तो शीतयुद्दकालिन अलगाववाद र चर्को राष्ट्रवादलाई अमेरिकाकै संसदभित्र पुगेर आलोचना गरेको छ । फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले विश्व शान्ती र समृद्धिका निम्ति अमेरिकी मोडलको राष्ट्रवाद र अलगाववादी उन्माद आवश्यक नरहेको बताएका हुन् । म्याक्रो हाल तीन दिने अमेरिकी भ्रमणमा छन् । 

अमेरिकी संसदको संयुक्त सत्रमा बोल्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोले विश्वबाट आफु अलगथलग रहनु, कसैलाई युद्धमार्फत विभाजन गर्नु र राष्ट्रवादको नारा दिएर आलोचनाहरुबाट सुरक्षित हुने विकल्प अस्थायी मात्रै रहेको शिक्षा अमेरिकी सांसदहरुलाई दिए । अमेरिकाले बाँकी विश्वका लागि आफ्नो ढोका बन्द गरेपनि संसार अघि बढ्नबाट नरोकिने जनाउँदै म्याक्रोले उग्र राष्ट्रवाद र अलगाववादले नागरिकमा डर कम नहुने, बरु थप बढाउने बताए । 

फ्रान्सले उग्रराष्ट्रवादको उन्मादबाट विश्वलाई क्षति पुग्न नदिने बताएका म्याक्रोउ अमेरिकी संसदमा प्रवेश गर्दा सांसदहरुले तीन मिनेटसम्म ताली बजाएर स्वागत गरेका थिए । संसदलाई संबोधन गर्नुअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरे । 

अमेरिकाको अन्तरराष्ट्रिय व्यापार नीति, ईरानसँगको कटुतापूर्ण सम्बन्ध र पर्यावरण संरक्षणमा मामिलामा अमेरिकी उदासिनतामाथि फ्रान्सका राष्ट्रपतिले विमति राखिरहेका छन् । संसद सम्बोधनमा पनि म्याक्रोले पर्यावरण संरक्षणबारेको पेरिस सम्झौता परिपालनामा अमेरिकी प्रतिबद्धता खोजेका छन् । यस्तै, सन् २०१५ मा फ्रान्स र ईरानबीच भएको परमाणु सम्झौता पनि कुनै हालतमा नतोडिने अडानलाई उनले अमेरिकी संसदमै पुगेर दोहो¥याईदिएका छन् । 

नजिकको मित्रराष्ट्र फ्रान्सले अमेरिकी संसदमै व्यापक कुटनैतिक आलोचना गरेपछि अमेरिकाको नीति र उसका एजेन्डाहरु संकटमा परेको विश्लेषण अमेरिकी सांसदहरुले नै गरेका छन् । ट्रम्पको पार्टी डेमोक्रेटिकका बरिष्ठ सांसद एडम स्कीफले त म्याक्रोको भाषणको आलोचना नै गरेका छन् । म्याक्रोले अमेरिकी राष्ट्रपति ट्रम्पको सोझै विरोध गरेका छन् । रिपब्लिकन पार्टीका सांसद जेफ फ्लेकले चाहिँ म्याक्रोको भाषण ट्रम्पवादभन्दा विपरित रहेको प्रतिक्रिया एएफपी समाचार एजेन्सीलाई दिएका छन् । 

हाल अमेरिकाले पेरिस सम्झौताबाट आफुलाई अलग गराईसकेको छ भने इरानसँगको परमाणु सम्झौता तोड्ने धम्की बारम्बार दिईरहेको छ । ट्रम्पले हालै युरोप र चीनका उत्पादनको आयातमा समेत नयाँ कर लगाएका छन् । अमेरिका दोस्रो देशको गलत व्यापारिक नीतिको शिकार भइरहेको जनाउँदै ट्रम्पले व्यापार युद्ध राम्रो भएको र सजिलै जित्न सकिने जिद्दी गरिरहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?