काठमाडौं । चिन्नास्वामी स्टेडियममा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजयी लक्ष्य दिएको थियो ।
जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।
धोनीले नटआउट ७० र रायडुले ८२ रनको योगदान गरे । दुवैले पाँचौ विकेटका लागि १०१ रनको साझेदारी गरे ।
चेन्नाईको चार विकेट नौ ओभरमा ७४ रनमा खसिसकेको थियो । रायडूले ५३ बलमा तीन चौका र ८ छक्काको मद्दतमा ८२ रन बनाए । तर, उनी १८ औं ओभरमा रन आउट भए ।
त्यस्तै महेन्द्र सिंह धोनीले ३४ बल सामना गरेका थिए । उनले ७ छक्का र १ चौकाको मद्दतले अविजित ७० रन जोडे ।
खेलको सुरुदेखि नै धोनीले १२ ओभरमा ब्याट परिवर्तन गरे । त्यतिबेला चेन्नाईलाई जितका लागि ४८ बलमा १०५ रन आवश्यक थियो ।
खेलको अन्तिम ओधरमा १६ रन आवश्यक परेको बेला ड्वेन ब्राभोले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिए । चौथो बलमा धोनीले छक्का हानेर जित दिलाए उनी प्लेयर अफ दि म्याच भए ।
त्यस्तै बलिङतर्फ युजवेन्द्र चहलले २ तथा उमेश यादव र पान नेगीले १–१ विकेट लिए ।
टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । बैंग्लोरका लागि एविडिविलियर्सले ३० बलमा ८ छक्का र २ चौकाको मद्दतमा ६८ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया