अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो फोटो भन्दै एक स्पेनी किसानको फोटो अहिले इन्टरनेटमा फैलिइरहेको छ ।
डोलेरस लेइस एन्टेलो नाम उक्त महिलाले एक स्थानीय पत्रिका ‘ला भोज दे ग्यालिसिया’को लागि एक फोटो खिचाएकी थिइन् । यो फोटोमा उनी काँधमा कोदालो राखेर आफ्नो खेतमा हेरिरहेकी छिन् ।
पछि इन्टरनेट प्रयोगकर्ताले उनको फोटो अमेरिकी राष्ट्रपति जस्तो भन्दै हल्ला चलाए । उनको कपाल ट्रम्पको जस्तै हल्का, नरम र कैलो छ ।
इन्टरनेटले आफूले चाहेको कुरा देख्ने र हाल्का समानतालाई पनि बढाईचढाई गर्ने सन्दर्भमा हाल ट्रम्पको जुम्हाला बैनी भेटेको छ ।
केहीले उनलाई ‘कोष्टा दा मोर्तेको डोनाल्ड ट्रम्प’ भनिरहेका छन् । स्पेनिस भाषामा ‘मृत्युको किनार’ हुने ‘कोष्टा दा मोर्ते’ ति किसान महिला डोलेरस लेइस एन्टेलो बस्ने सुन्दर समुन्द्री क्षेत्रको नाम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया