चाडपर्व नजिकिएसँगै बढ्यो मानिसहरुको चहलपहल (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा मानिसहरुको चहलपहल बाक्लै देखिन थालेको छ । अघिल्ला वर्षहरुको तुलनामा कम मानिसको चहलपहल भए पनि कोरोना कहरका कारण मानिसहरु अनुहारमा मास्कको प्रयोग गर्दै बजारमा देखिएका छन् ।

कोरोना महामारीका बीच सुनसानप्रायः बनेका काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु  असन, इन्द्रचोक, बसन्तपुरमा चाडपर्व नजिकिएसँगै मानिसहरु मुखमा मास्क लगाएर हिँड्न थालेका छन् ।

विश्वलाई नै आक्रान्त पारेको कोरोनाको कहरका कारण ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैँ नजिकिएसँगै निकै भीड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण कम चहलपहल देखिएको हो ।

साँघुरो गल्ली भएका कारण असन ईन्द्रचोकमा मानिसहरुले एक दोस्रोसँगको दूरी कायम गरेका छैनन् ।

तस्बिरमा हेर्नुहोस् चाडपर्व नजिकिएसँगै मानिसहरुको बढेको चहलपहल :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?