नयाँ संचालन समितीहरु चयन गर्दै गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक बर्ष २०७६/७७ को २६ औ साधारण सभा होटल क्राउन इम्पेरियलमा आज सम्पन्न भएको छ । साधारण सभाबाट संस्थापक शेयरधनी तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई, तथा साधारण शेयरधनि तर्फवाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन्। त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्न कुमार भट्टराई रहेका छन् ।
फाईनान्सले मुख्य कार्यालय सहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ भने विभिन्न बचत योजना संंचालन गरिरहेको छ । फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया