काठमाडाैं उपत्यका र देशभर भर्इरहेको माैसम बदली र बर्षा अझै केहि दिन जारी रहने देखिएको छ । माैसम बदलीका कारण २४ घण्टाभित्र काठमाडाैं उपत्यकामा मात्र २८ दशमलव २ मिलिलिटर पानी परेको छ ।
जल तथा माैसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट अाएकाे जलबाष्पयुक्त वायु (पानी पार्ने हावा) का कारण पानी परेकाे हाे । यो हावाले नेपालमा प्रि मनसुनलार्इ सक्रिय पारेकाे छ ।
विभागका अनुसार माैसमको बदली पश्चिमबाट पूर्वतर्फ सरिरहेको छ । अाजबाट केहि दिनसम्म नेपालको पश्चिमी भागको तुलनामा पूर्वी भागमा अधिक बर्षा हुनेछ ।
काठमाडाैंमा केहि समय अाकाश सफा देखिएपनि छिनछिनमा बदली भर्इरहने गरेकाे छ । शुक्रबार बेलुकी काठमाडाैंकाे दक्षिण पूर्वी भागमा असिनासहितकाे बर्षा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया