कोरियाली घटनाक्रमबारे ट्रम्प र मुनवीच फोनवार्ता

वासिङटन (अमेरिका) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन् । 

ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटेका छन् “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ ।” जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्ले अाफ्नो ट्वीटमा लेखेका छन् ।

मुन र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच शुक्रबार ऐतिहासिक शिखर वार्ता भएको थियो । शिखर वार्ताका क्रममा स्थायी शान्ती तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा द्विपक्षीय सहमति भर्इसकेको छ । 
दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?