नेपालगञ्जको मेडिकलमा आगलागी

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । 

विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ । 

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?