शिक्षा विस्तारका लागि वैदेशिक सहायता आवश्यकः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले संविधानको प्रावधान अनुरुप संघीय ढाँचामा अधिकारमा आधारित शिक्षाको व्यवस्थापन र विस्तारका लागी वैदेशिक सहायताको खाँचो रहेको बताएका छन् । 

नेपालका लागी अमेरीकी राजदुत एलिना टप्लिजसँग आज शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले नेपालको संविधानमा शिक्षालाई मौलिक अधिकारको रुपमा गरेको व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय हुन सक्ने बताए ।

मन्त्री पोखरेलसँगको भेटमा राजदुत टप्लिजले नेपाल सरकारको प्राथामिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदुत टप्लिजले दुई देशबिच आपसी सहमती र समन्वयबाट देशको आर्थिक समृद्वीका लागी सहकार्य गर्न तयार रहेको पनि प्रष्ट पारे ।

अमेरिकन सरकारले नेपालको शिक्षाको क्षेत्रमा गरेको सहयोगको लागी मन्त्री पोखरेलले धन्यवाद ज्ञापन गरे । बिद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम, युसआईडी, प्रारम्भिक बाल बिकास कार्यक्रम लगायतका कार्यक्रमहरुले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको मन्त्री पाखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?