काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा, बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।
त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा, बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया