ट्रम्पको नेतृत्वमा कुनै सम्झाैता नगर्ने प्यालेष्टाइनको घोषणा

रामल्लाह : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा समूह सहभागी नहुने घाेषणा प्यालेस्टार्इनले गरेको छ। प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) का महासचिव साहिब एरेकातले आइतबार यस्तो बताएका हुन् । 

अमेरिकी राष्ट्रपतिको सन्देश बोकेर विदेश मन्त्री माइक पोम्पेओ इजरायलमा रहेकै समयमा प्यालेष्टिनी रेडियो भ्वाइस अफ प्यालेष्टाइनसँग एरेकातले कुराकानी गरेका छन् । सो कुराकानी क्रममा उनलदे आफूहरूलाई डोनाल्ड ट्रम्पको पहलमा हुने भनिएको सम्झौता कुनै पनि हालतमा स्वीकार्य बताए। 

केहि अघि ट्रम्पले इजरायलको राजधानीका रूपमा जेरूसेलमलाई मान्यता दिने घोषणा गरेका थिए । ट्रम्पले यो घोषणा गरेसँगै अमेरिका आफै शान्ति प्रक्रियाबाट एक्लिएको पिएलओको तर्क छ ।

प्यालेस्टार्इनले स्पष्ट रूपमा 'जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अडान परिवर्तन नगर्दासम्म अमेरिका शान्ति प्रक्रियाको समन्वयकर्ता वा सदस्य हुन नसक्ने' बतार्इदिएको छ । प्यालेस्टिनिहरूले पूर्वी जेरूसेलमविनाको प्यालेष्टिनी राज्यको कुनै अर्थ देख्दैनन् ।

शुक्रबार राति इजरायली सञ्चारमाध्यमले दिएका खबरहरूमा अमेरिकी राष्ट्रपतिद्वारा आगामी मे मा इजरायलको तेल अभिभस्थित अमेरिकी राजदूतावास जेरूसेलममा उद्धघाटन गर्ने सम्भावना रहेको र त्यसपछि मध्यपूर्वको शान्तिका लागि प्रस्ताव अघि सार्ने बताएका थिए । उक्त सम्झौता प्रस्तावमा प्यालेष्टिनीहरूलाई आर्थिक राहतलगायतका कुराहरू समावेश हुने बताइएको छ । 

यसको प्रतिक्रियामा एरेकातले भने, “यो नैतिकरूपमा स्वीकार्य हुँदैन, प्यालेष्टिनीहरू न त पैसामा बेचिन्छन् न त किनिन्छन् नै ।” उनले इजरायल–प्यालेष्टाइनबीचको अवस्थालाई अन्तर्राष्ट्रिय सङ्कल्प प्रस्तावअनुसार दुई देशीय समाधानका आधारमा हुनुपर्ने दोहोर्याए । 

अमेरिका र प्यालेष्टाइनबीचको तनाव गत वर्षको अक्टुबरदेखि बढेको थियो । यो तनाव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने र इजरायलस्थित अमेरिकी राजदूतावासलाई जेरूसेलममा सार्ने सन् २०१७ डिसेम्बर ६ को निर्णयसँगै थप चर्केको छ । 

इजरायल र प्यालेष्टाइन विवादबारे छलफलका लागि अमेरिकी विदेशमन्त्री शनिबारदेखि मध्यपूर्वको भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?