काठमाडौँ, २४ असोज- प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्ष चुनावका लागि वाम गठबन्धनमा सहभागी तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँट तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्र बाँडफाँट कार्यदलले उक्त जिम्मेवारी सोमबार टुंग्याउने भनिए पनि पार्टी एकता संयोजन समितिको बैठक र सत्ता गठबन्धनमा विकसित घटनाक्रमले प्रभावित तुल्याएको थियो ।एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गत मंगलबार भएको चुनावी तालमेल र एकीकरण अभियान घोषणासँगै क्षेत्र बाँडफाँट गर्न तीन दलको संयुक्त कार्यदल बनेको थियो । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीनवटै दलका प्रतिनिधि कार्यदलमा छन् । एमाले र माओवादी केन्द्रबीच चुनावमा ६० र ४० प्रतिशतका दरले उम्मेदवार बाँडफाँट गर्ने सहमति बनेको छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया